बैतडीकि द्रोपती चन्दले ८० वर्षमा नागरिकता पाइन्

Posted on: 12 Feb, 2017

फागुन १, बैतडी | बैतडीको मेलौली गाविस ८ खोचा निवासी ८० बर्षीया द्रोपती चन्द हर्षित मुद्रामा भेटिइन।  जिल्ला प्रशासन कार्यालयको संयोजनमा कुलाउमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उनी हर्षित भएको समाचार छ।

उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, सरकारले गाउँमै आएर सेवा दियो’, उनले भनिन्, ‘गाउँमै सरकारी टोली आएपछि नागरिकता बनाउन पाउँदा खुशी नहुने कुरै भएन ।’

चन्दले द्रोपतीका छोरा रमेशबहादुर चन्द शिविरमा आमालाई लिएर नागरिकता बनाउन पुगेका थिए । ‘अहिलेसम्म हामीले पनि खास मतलब गरेका थिएनौं, तर गाउँमा शिविर आएपछि आमाले नागरिकता बनाउने कुरामा कर गर्नुभयो, बुढेसकालमा आमाले नागरिकता पाउँदा म पनि धेरै खुशी छु,’ उनले भने- अन्नपूर्ण 

यस बिषयमा तपाइको प्रतिक्रिया...!