सफ्टवेयर बन्द भएपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काम ठप्प

Posted on: 03 Jun, 2023

जेठ २०, काठमाडौँ । राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी सर्भरमा समस्या आएको बताउँदै सोको व्यवस्थापन भइरहेको जानकारी दिए । उनले भने, ‘सर्भरमा समस्या आएको हो । त्यसको व्यवस्थापन हुँदै छ ।’


राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी 'अपरेसन' गरिरहेको फ्रान्सेली कम्पनी आइडेमियासँगको सम्झौता अवधि समाप्त भई सो कम्पनीले सर्भर नै बन्द गरिदिएको हो । उनले भने, “हामीले 'कोर्डिनेट' गरिरहेका छौं ।” 

उनका अनुसार सम्झौताको अवधि आठ महिनाअघि नै समाप्त भइसकेको हो । सो कम्पनीसँग कहिले नवीकरण हुन्छ ? भन्ने जिज्ञासामा उनले भने, “नवीकरणको प्रक्रिया सुरु नभएको होइन, अलिकति ढिलो मात्र भएको हो। " उहाँले परिचयपत्र निर्माणसम्बन्धी काम छि‌ट्टै सुरु हुने बताए। 

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!