पश्चिम नवलपरासीमा प्रहरीद्वारा मदिरा बरामद

Posted on: 13 Jun, 2021

श्याम थापा | जेठ ३०, सुस्ता | पश्चिम नवलपरासीमा प्रहरीले मदिरा बरामद गरेको छ ।

जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा राखिएको ४८ पेटी सौफी नामकको करिब ५० हजार बराबरको मदिरा प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी रामनगरका इन्चार्ज नारायण लुइँटेलको नेतृत्वमा निस्केको गस्ती टोलीले नारायणी नदिको किनारमा राखिएको मदिरा बरामद गरेको चौकी इन्चार्ज लुइँटेलले सुस्ता सन्देशलाई बताउनु भएको छ ।

सो मदिरालाई आवश्यक कानुन प्रक्रियाको लागी ईलाका प्रहरी कार्यालय बेलाटारी पठाएको प्रहरी चौकी रामनगरले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!