नेपाली कांग्रेस नवलपुरले कावासोतिमा विरोध प्रदर्शन गर्ने

Posted on: 30 Jan, 2019

कमला राना मगर | माघ १६, काठमाडौं | सरकारले हालै पारित गरेको चिकित्सा विधेयक लगाएत सरकारको गलत गतिविधि विरुद्ध नेपाली कग्रेस नवलपुरले विरोध जनाउने भएको छ । आज कावसोतिमा बसेको नेपाली कग्रेस जिल्ला कार्य समीति बैठकले यही माघ २१ गते सरकारको गलत गतिविधि तथा निर्णय विरुद्ध कावासोतिमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको जिल्ला सभापति विष्णु लामीछानेले जानकारी दिनुभएको छ ।

नेपाली कग्रेसले देशव्यापी रुपमा चिकित्सा शिक्षा विधेयक पास तथा सरकारको गलत गतिविधि विरुद्ध प्रदर्शन गरीरहेको छ । यसैविच नवलपुर को कावासोतिमा समेत माघ २१ गते  नेपाली कग्रेसले विरोध प्रदर्शन गर्ने जिल्ला सभापति लामीछानेले बताउनुभयो ।


यसैगरी आउदो फागुन सात गते प्रजातन्त्र दिवसको अवसरमा नवलपुर जिल्लामा रहेका सम्पुर्ण प्रजातन्त्र सेनानीहरुलाइ नेपाली कग्रेस नवलपुरले सम्मान गर्ने बैठकले निर्णय गरेको सभापति लामीछानेले जानकारी दिनुभएको छ ।

यसैविच आज बसेको बैठकले भोली माघ १७ गतेबाट शुरु हुन गैरहेको नवलपुर महोत्सवलाइ भव्यरुपमा सम्पन्न गर्नको लागी नेपाली कग्रेस जिल्ला कार्य समीतिबाट सम्पुर्ण सहयोग गर्ने निर्णय भएको समेत सभापति लामीछानेले बताउनुभएको छ ।

नवलपुर महोत्सव भव्य रुपमा सम्पन्न गर्नको लागी सम्पुर्ण नवलपुर बासीको कर्तव्य र गौरवको विषय भएकोले नेपाली कग्रेस जिल्ला कार्य समीतिको तर्फबाट समेत भरपुर सहयोग गर्ने निर्णय गरीएको सभापति लामीछानेले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!