सिजी मन्दिरको बयानमा बन्यो यस्तो गीत (भिडियोसहित)

Posted on: 13 May, 2018

​वैशाख ३० काठमाडौँ | पछिल्लो समय युवापुस्तासँगै स्वदेशी तथा बिदेशी पर्यटक लोभ्याउन सफल साश्वतधाम सिजी मन्दिरको बयान गर्दै दोहोरी गीत सार्वजनिक भएको छ । 

तिमी र म सिजी घुम्न जाम बोलको गीतको चितवनका गीतकार रुद्र राज कँडेलले लय तथा शब्द संकलन गरेका हुन ।

गीतमा जोन लामा र बालिका तामाङको स्वर सुन्न सकिन्छ । गीतले शाश्वतधामको बयानका साथै पर्यटन प्रबद्र्धनमा समेत भुमिका खेल्न सक्ने देखिन्छ । माया गर्ने जोडिहरुका लागि उदाहरणिय गन्तव्यको रुपमा शाश्वधाम रहेको गीतले बताउछ । नवलपरासी जिल्लाको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको शाश्वतधाम नेपालका धनढ्य बिनोद चौधरीले निर्माण गरेका हुन । दक्षिण भारतीय शैलीमा बनेको मन्दिरमा दर्शन तथा अवलोकनका लागि अहिले दैनिक हजारौ मानिसहरु पुग्ने गरेका छन ।  ​


यस बिषयमा तपाइको प्रतिक्रिया...!