अर्को वर्षदेखि ८५ इन्चसम्मका सामसङ टिभी नेपालमै बन्ने

Posted on: 24 Aug, 2022

भदौ ८, काठमाडौं | आगामी वर्षदेखि नेपालमै ८५ इन्चसम्मका सामसङ टिभी उत्पादन हुने भएको छ । नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्स र कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा बन्ने सामसङ टिभीको फ्याक्ट्री बुधबार शिलान्यास भएको छ ।

अर्को वर्षदेखि ८५ इन्चसम्मका सामसङ टिभी नेपालमै बन्ने – Online Khabar

बुधबार नवलपारासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले फ्याक्ट्रीको शिलान्यास गरेक हुन् । फ्याक्ट्रीको क्षमता दैनिक एक हजार टिभी उत्पादन गर्नेछ । नेपाली फ्याक्ट्रीमा ८५ इन्चसम्मका टिभी र त्यसको प्यानल समेत उत्पादन हुनेछ ।

सामसङ दक्षिण कोरियाको प्रविधिकको सुपरभिजनमा सञ्चालनमा आउने फ्याक्ट्रीमा १५० जनाले तत्काल प्रत्यक्ष रोजगारी पाउने छन् ।

केही दिनमै उद्योगको फिटङ सुरु हुने नेपाली लगानीकर्ता एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष गोल्छाले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!