अझै भेटिएन सम्पर्कविहीन जहाज, खराब मौसका कारण हराएको जहाज खोज्न समस्या

Posted on: 29 May, 2022

जेठ १५, पोखरा | तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरकाे भनाइ छ । 


तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू स्ट्यान्डबाइ राखिएको जनाएको छ । मौसममा सुधार आएपछि खोजीकार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ । 

हराएको जहाजको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली पनि स्थलमार्गबाट त्यसतर्फ प्रस्थान छ ।पोखराबाट आइतबार बिहान ९ः५५ बजे उडेको तारा एयरको जहाज १०ः०७ बजेदेखि सम्पर्कविहीन बनेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!