मुस्ताङ प्रदेशसभा–१ मा कांग्रेसका गुरुङ विजयी

Posted on: 21 Nov, 2022

मङ्सिर ५, मुस्ताङ | मुस्ताङको प्रदेशसभा –१ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।

गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो ।

खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!