कोरोनाले खायो राराको राजस्व

Posted on: 06 Jul, 2020

दान बहादुर बुढा | असार २२, मुगु | नेपालको प्रमुख पर्यटकिय स्थल मध्ये रारा ताल पनि एक हो । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने यो तालमा आज-भोली पर्यटकको आवागमन न्युन रहेको छ । 

आज-भोली रारा तालमा फाट-फुटमा घुम्न आउने गरेका छन् । विगतका दिनहरुमा यति बेला रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुईचो लाग्ने गर्थ्यो । राराको सौन्दर्य मात्र नभई राजस्व संकलनमा पनि उत्तिकै फड्को मार्थ्यो । यस वर्ष विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले गर्दा रारामा उठ्ने  राजस्व भने यस वर्ष  कोरोनाले खाएको छ । 


 कोरोना महमारी र नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दि गरेको आज १ सय ५ दिन भन्दा पहिले निकुञ्जले विभिन्न विषयमा उठ्नु पर्ने  राजस्व मध्ये यस वर्ष रारा राष्ट्रिय निकुञ्जको राजस्व घटेको छ । 

गत वर्ष ३५ लाख २७ हजार रुपैयाँ संकलन भएकोमा यस वर्ष ३२ लाख मात्र राजस्व उठेको रारा  राष्ट्यि निकुञ्जले जनाएको छ ।  

गत वर्षको तुलनामा भन्दा यो वर्ष  करिव ४ लाख रुपैयाँ राजस्व घटेको निकुञ्जले जनाएको छ । निकुञ्जले चालु आर्थिक वर्षमा ४० देखि ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत साउनदेखि फागुनसम्म मात्र २७ लाख राजस्व उठेको रारा राष्ट्यि निकुञ्जका संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए ।  


संरक्षण अधिकृत थपलियाका अनुसार  चैत, वैशाख र जेठ महिनामा राजस्व संकलन भएन । ‘निकुञ्जमा झन्डै ९० प्रतिशत राजस्व पर्यटकबाट संकलन हुन्छ,’ उनले भने, ‘बाँकी राजस्व वन पैदावार, दण्ड–जरिवाना, टेन्डर लगायत प्रवेश शुल्क बाट राजस्व उठाइएको उनको भनाई रहेको छ । 

निकुञ्जले आन्तरिक पर्यटकबाट १ सय , सार्क राष्ट्रका पर्यटकबाट १ हजार ५ सय र अन्य मुलुकबाट आउनेहरुबाट ३ हजार रुपैयाँ प्रतिव्यक्ति राजस्व लिने गरेको उनले जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!