नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेकी ९० वर्षीया पार्वती गरिन् मतदान

Posted on: 13 May, 2022

वैशाख ३०, मुगु  | मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् । 

छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् । 

उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!