पत्रकार महासंघ मुगु शाखाका पदाधिकारी निर्विरोध निर्वाचित

Posted on: 05 Apr, 2021

दान बहादुर बुढा । चैत २३, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको जिल्ला समिती सर्वसम्मत चयन भएको छ । आईतबार निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गरेकाहरु माथि मंगलबार कोहि कसैैको दावी विरोध नपरेपछि मंगलबार निर्वाचन समितीले मुगु शाखा र्निविरोध चयन भएको घोषणा गरेको हो ।


निर्वाचन समितीका अनुसार अध्यक्षमा नृपेन्द्र बहादुर मल्ल,उपाध्यक्षमा दान बहादुर बुढा,उपाध्यक्ष महिलामा सुमित्रा रावल,सचिवमा जिवन सेजुवाल,कोषाध्यक्षमा सुकमाया शाही सहसचिवमा मोहन कुमार मल्ल र भिम तिरुवा निर्विरोध निर्वाचित भएका हुन ।

यस्तै शाखा खुल्ला सदस्यहंरुमा नन्द बहादुर रोकाया,विर बहादुर बम,शिवचन्द्र कार्की,अंक बुढा निर्वाचित भएका छन भने केन्द्र परिषद प्रतिनिधीमा विमल हमाल,  राज बहादुर शाही, प्रदेश परिषद प्रतिनिधीमा अच्युतराज भण्डारी र मोहन कुमार मल्ल पनि र्निविरोध निर्वाचित हुनु भएको निर्वाचन समिती निर्वाचन अधिकृत एवं अधिवक्ता कुवेरजंग शाहीले बताए । निर्विरोध निर्वाचितहरुलाई प्रमाण पत्र वितरण गर्नुहुदै निर्वाचन संयोजक देव बहादुर मल्लले मुगु शाखाले गरेको सहमती र सहकार्य नमुना भएको भएको वताए  । 

पत्रकारिता आफैमा जोखिम पेसा भएपनि यो पेशालाई बहुमुल्य हिरा,सुनसंग तुलना गदै उहाँले निष्पक्ष र निडर भएर जनताका पिर मर्का,गुनासा र राज्यबाट सर्वसाधरणले पाउनु पर्ने सेवा सुविधा पाए नपाएको पहरेदारी पनि पत्रकारले गर्नु पर्ने सुझाव दिनु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!