मुगुमा ओली-माधव समूहबीच मतभेद कायमै

Posted on: 10 Mar, 2021

दान बहादुर बुढा । फागुन २६,  मुगु । मुगुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड र कार्यालय स्थापाना सहमतिमा गरिएको भएपनी केपि समुह र माधव समुहका नेता तथा कार्याकतामा मतभेत फरक-फरक रहेको देखिन्छ । 

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमाले जिल्ला कमिटी मुगुले दुवै पक्षको सहमतिमा कार्यालय पुर्न स्थपना गरीएको र कार्यालयमा साईन बोर्ड सहमतिमा दुबै समूहका २ वटा बोर्ड राखिएपनी दुवै पक्षबीच आन्तरिक मतभेद् रहेका छन् । 

माधव समुहका अध्यक्ष धर्मबहादुर शाही र सचिव जितबहादुर मल्ल पहिले देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला अध्यक्ष र सचिव हुन भने केपि समुहका डम्बर रावल नेकपा विवाद संगै केपि समुहका कार्यलय संञ्चालन कमिटिका संयोजक हुन । 

अदालतको फैसलासंगै तिन बर्षपछि दुवै पक्षको सहमतिमा मन मोहन प्रतिष्ठानको भवन गमगढीमा रहेको भवनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय स्थापना र अध्यक्ष धर्म बहादुर शाहीको नेतृत्वमा कार्यालय स्थापना र साईन बोर्ड टाँसिएको माधव समुहले जनाएको छ ।

यता केपि समूहका नेता तथा कार्यकर्ताहरुले संयोजक डम्बर बहादुर रावलको नेतृत्वमा साईन बोर्ड टाँसिएको बताएका छन । केन्द्रिय सकुर्लर अनुसार संयोजक डम्बर रावलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले लेखिएको साईन बोर्ड टाँसिएको र कार्यालयको स्थापना गरेको केपि समुहका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य माननिय दाँनसिहं परियारले बताए । 

'कार्यालय स्थापना र बोर्ड राख्न माधव समुहको संलग्ना छ छैन ?' भन्ने पत्रकारको प्रश्नमा उनले 'को आउनु भयो,को आएका थिए थिएनन भन्नु भन्दा कार्यालय सञ्चालन कमिटिका संयोजक डम्बर रावलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय स्थापना र नेकपा एमाले लेखिएको साईन बोड टाँसिको ' परियारले बताए ।

यता एमालेका सचिव जित बहादुर मल्लका अनुसार मंगलबार अध्यक्ष धर्म बहादुर शाहीको नेतृत्वमा दुवै पक्षको सहमतिमा सहकार्यमा कार्यालय स्थापाना र बोर्ड राखिए थियो । पार्टी सचिव मल्लका अनुसार बाहिर कोले के बोल्छ थाहा भएन तर सहमती सहकार्यमा आधिकारीक नेकपा एमालेका अध्यक्षधर्म बहादुर शाहीको नेतृत्वमा एमालेका नेता तथा कार्याकतको अगुवाई र केन्द्रीय सर्कुलर अनुसार एमालेको स्थापना र साईन बोर्ड राखिएको बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!