मोरङमा २३ वर्षीया युवती बलात्कृत, २ जना पक्राउ

Posted on: 19 Jan, 2023

माघ ५, मोरङ | मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र  सोही ठाउँ बस्ने ५० वर्षीय खगेन्द्र तामाङ रहेका छन् । 

ती युवतीलाई गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!