चुनाव गराउन खटिएकी कर्मचारीले मतदानस्थलमै गठबन्धनलाई भोट मागेपछि...

Posted on: 20 Nov, 2022

मङ्सिर ४, मोरङ | मोरङको पथरीशनिश्चरे नगरपालिका-३ जनता माध्यमिक विद्यालयको 'क' मतदान केन्द्रमा खटिएकी सरकारी कर्मचारीले नै सत्ता गठबन्धनलाई भोट मागेकी छन्। 

निर्वाचन अधिकृतको कार्यालयबाट खटिएकी ती कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद भएको थियो। विवापछि मत माग्ने ती महिला कर्मचारीलाई मतदान केन्द्रबाट निकालिएको छ। 

मतदान गर्न 'क' केन्द्रमा भोट हाल्न पगेकी कमला दाहालसँग ती कर्मचारीले गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षतर्फ भोट हाल्न आग्रह गरेकी थिइन्। त्यसपछि दाहालले यसरी कर्मचारीले मत माग्न नपाउने बताएर प्रतिकार गरेकी थिइन्। 

विवाद बढेपछि वडाअध्यक्ष विजय लिम्बु र रजनैतिक दलका प्रतिनिधिको आग्रहमा ति कर्मचारीलाई मतदान केन्द्रबाट निकालिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!