६ वर्षीया नाबालिकालाई बलात्कार आरोपमा एक जना इलेक्ट्रिसियन पक्राउ

Posted on: 03 Nov, 2022

कात्तिक १४, विराटनगर | विराटनगरमा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१२ की नाबालिकालाई करणी गरेको आरोपमा सोही वडाका ३८ वर्षीय साजन कामतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् ।

कार्तिक ११ गते दिउँसो घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले बताएको छ । पीडित बालिकाको बावु ज्याला मजदुरी काम गर्छन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् ।

नाबालिकाले छिमेकीलाई सुनाएपछि कार्तिक १४ गते प्रहरीसम्म पुगेको थियो । जाहेरीपछि आरोपीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!