विराटनगरमा घरको दुई तालाबाट खसेर मजदुरको मृत्यु

Posted on: 21 Sep, 2022

असोज ५, विराटनगर | विराटनगर महानगरपालिका–७ मा निर्माणाधीन घरबाट खसेर घाइते भएका एकजना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । 

मुकेश पोठारीको निर्माणाधीन घरको दुई तलामाथिबाट खसेर घाइते भएका मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

विराटनगरमा साइकलको ठक्करबाट एक जनाको वृद्ध मृत्यु

उनका अनुसार काठको काम गर्ने क्रममा गत सोमबार निर्माणाधीन घरको माथिबाट खसेर पञ्जियार घाइते भएका थिए । 

विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 

कोसी अस्पतालमा पोस्टमार्टम गरेर अन्त्येष्टिका लागि शव परिवारलाई जिम्मा लगाइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!