रोजगारी लगाई दिन्छु भन्दै मानव बेचबिखनमा संलग्न २ जना पक्राउ

Posted on: 10 Mar, 2021

फागुन २६,मोरङ । मानव वेचविखनमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-१६ दक्षिण बस्ने प्रेम बहादुर मगर र सोही महानगरपालिका-१५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ रहेका छन् । 

होटलमा काममा लगाई दिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी सिन्धुपाल्चोकबाट काठमाडौं हुँदै २ जना महिलालाई बिराटनगरमा बोलाई रोजगारी दिने बाहनामा भारतमा लगि वेचबिखन गर्ने उदेश्यले बिराटनगर महानगरपालिका-१६ दक्षिण गेटमा ल्याएको भन्ने जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!