प्रदेश– १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई अह्वान, कहिलेसम्म सरकारको दाबी गर्न सक्छन् ?

Posted on: 01 Jan, 2023

पुस १७, काठमाडौँ | प्रदेश १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई अह्वान गरिएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार गठनका लागि आह्वन गरेका हुन् ।

संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार निर्माणको लागि आह्वान गरिएको छ । उपधारा १ मा बहुमत प्राप्त दललाई सरकार गठनका लागि अह्वान गर्ने प्रधावधान छ । तर गत मंसिर ४ गतेको निर्वाचनमा कुनै पनि दलले बहुमत नल्याएपछि उपधारा २ अनुसार प्रदेश सरकार गठन हुनेछ ।


अब दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ ।

दलहरुरलाई मुख्यमन्त्रीको दाबीका लागि प्रदेश प्रमुख खापुङले आगामी पुस २४ गते अर्थात अर्को आइतबार ५ बजे सम्मका लागि समय दिएक छन् ।

संविधानको धारा १६८ को उपधारा ३ मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनसक्ने अवस्था नरहेमा उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।

प्रदेश १ मा एमाले सबैभन्दा ठूलो दल रहेको छ । एमालेसँग ४० सिट रहेको छ। दोस्रोमा रहेको कांग्रेससँग २९ माओवादी केन्द्र १३, त्यस्तै एकीकृत समाजवादी पार्टीको ४, जनता समाजवादी पार्टीको १ र राप्रपाको ६ सिट रहेको छ ।

प्रदेश १ मा नयाँ सरकार बनाउनका लागि ४७ सिट संख्या आवश्यक रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!