मोरङ जिल्ला सदस्यमा युवा नेता गुरुङको उम्मेद्बारी

Posted on: 26 Nov, 2021

मंसिर १०, काठमाडौँ | नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यमा सन्तोष गुरुङले उम्मेदवारी दिने भएका छन् | जिल्लाको कानेपोखरी गाउँपालिकाका युवा नेता गुरुङले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् । 

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनका लागि गुरुङले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने तयारी गरेको बताएका छन् । 

जिल्लाका सिनियर नेताहरु पुर्व पार्टी सभापतिहरु पुर्व मन्त्री पुर्व पदाधिकारी देखि बर्तमान पदाधिकारीहरु समेत अबको काङ्ग्रेसमा युवाहरुको नेतृत्व दाबी गर्दै प्रचार प्रसारमा हिडिरहेका बेला काङ्ग्रेसका निकै अनुभबी लामो समय पार्टीको काममा खटिएका नेता गुरुङले जिल्ला सदस्य पदमा उमेदवारी दिने तैयारी गरेको बताउनु भयो  ।

गुरुङ एक सफल व्यवसायी समेत हुन, हाल उनले आफ्नो व्यवसायमा २० जना भन्दा बढीलाई रोजगारीसमेत दिईरहेका छन ।

गुरुङ भन्छन्; अबको नेतृत्व युवाले लिनु पर्छ काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो अहिलेको माग युवाको छ, त्यसैले पनि म उम्मेद्बारी दिन्छु । यसपालीको निर्वाचनमा आफुले जिते नया योजना लिएर पार्टीको काममा खटिने गुरुङको भनाइ छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!