तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव आज काठमाडौ ल्याइने

Posted on: 31 May, 2022

जेठ १७, काठमाडौँ | तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ । 

विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । 


नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौं ल्याइने जनाएको छ । १० जनाको शव सोमबार नै काठमाडौं ल्याइएको थियो । 

‘दुर्घटनामा निधन भएकोमध्ये १० जनाको शव जेठ १६ गतेका दिन काठमाडौं ल्याइएको र बाँकी रहेका १२ जनाको शव आज विहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइसकेको र उक्त शवहरु नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं ल्याइने क्रममा रहेको जानकारी गराइन्छ,’ प्राधिकरणले मंगलबार विहान जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!