मनाङका चारै पालिकाको मतगणना सम्पन्न

Posted on: 14 May, 2022

वैशाख ३१, काठमाडौँ । मनाङ जिल्लाका चार पालिकाको नतिजा सार्वजनिक भएको छ । चार गाउँपालिका रहेको यस जिल्लामा दुईवटा पालिका नेकपा एमाले र दुईवटामा नेपाली काँग्रेस विजयी भएको हो । यो जिल्लामा चामे र मनाङ डिस्याङ गाउँपालिका प्रमुख एमालेले जितेको हो भने नेपाली काँग्रेस नार्पा र नाँसो गाउँपलिकामा विजय भएको हो ।  

चामे र मनाङ डिस्याङमा क्रमश: लोकेन्द्र घले र कान्छा घले अध्यक्ष भएका हुन् । यसैगरी  नार्पा र नाँसो गाउँपालिकामा कोन्जो तेन्जिङ र धनबहादुर गुरुङ निर्वाचित भएका हुन् ।​ चामेमा घलेले ३२० मत ल्याएर विजय भए भने डिस्याङमा कान्छा घलेले ८६१ मत पाए । 

यस्तै नार्पामा कोन्जोले १५८ तथा नाँसोमा धनबहादुर निर्विरोध निर्वाचित भएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!