हेटौँडाको नयाँ मत परिणाम: एमालेले लियो अग्रता

Posted on: 15 May, 2022

जेठ १, हेटौँडा। हेटौँडा उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।

गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामालाई पछि पार्दै नेकपा एमालेका अनन्त पौडेलले अग्रता लिएका हुन्।

बिहान ४ बजेसम्मको ३ हजार ६४२ मत गणना भएकोमा पौडेल एक हजार १०१ मतसहित अगाडि छन्। यसैगरी यसअगाडि लिड गरिरहेकी गठबन्धन उम्मेदवार लामाले एक हजार ६५ मत ल्याएकी छन्।

लामालाई पछ्याएका राप्रपाका उम्मेदवार दीपक सिंहले एक हजार २७ मत प्राप्त गरेका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!