मकवानपुर गणना अपडेट, कुन क्षेत्रमा कसको अग्रता?

Posted on: 23 Nov, 2022

मङ्सिर ७, मकवानपुर । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना)ले दुई हजार नौ सय ४९ मतले अग्रता हासिल गर्नुभएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपाध्यायले १३ हजार छ सय ३० मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)को चुनाव चिह्न सूर्यबाट निर्वाचनमा भाग लिएका कमल थापाले १० हजार छ सय ८१ मत प्राप्त गर्नुभएको छ । 

मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १  को कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले आठ हजार चार सय तीन मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै मकवानपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का महेशकुमार बर्ताैलाले १७ हजार दुई सय ५५ मत प्राप्त गरी अग्रता लिनुभएको छ । सोही क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले १५ हजार तीन सय ४८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले छ हजार ८९ मत प्राप्त गर्नुभको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ जम्मा ४३ हजार दुई सय ४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!