मकवानपुरको राक्सिराङ १ मा एमालेको प्यानल विजयी

Posted on: 15 May, 2022

जेठ १, हेटौंडा | मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ ।

१ नम्बर वडामा मुक्तानले ४६३ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका छन् । त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पुर्ण बहादुर मोक्तान, भीम बहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मा विजयी भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!