नेकपा प्रचण्ड–नेपाल समुहद्वारा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाइयो

Posted on: 08 Jan, 2021

पौष २४,मकवानपुर। संसद बिगठनको विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षलेआज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।संसद पुनरस्थापनाको माग गर्दै देशब्यापी आन्दोलनमा उत्रिएको प्रचण्ड–नेपाल पक्षले आज आफ्ना विभीन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको हो । हेटौंडा बजार क्षेत्रमा ¥याली सहित प्रशासनमा आएको थियो ।

कायृक्रममा नेकपा केन्द्रीय सदस्य केदार न्यौपाने, कुमारी मोक्तान, मकवानपुर अध्यक्ष मुनु सिग्देल, श्रीधर पोखरेल लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।विरोधपत्रमा पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भनिएको छ । प्रतिगामी कदम विरूद्ध संघर्ष गर्ने जनाइएको थियो । यसअघि र्यालीले बजारको विभिन्न भाग परिक्रमा गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!