कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४५३ पुग्यो, आजै बागमती प्रदेशमा ७ जनाको मृत्यु

Posted on: 24 Sep, 2020

असोज ८,मकवानपुर ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १७ जनाको मृत्यु भएको छ । बागमती प्रदेशका ७ जना सहित १७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिला ५ र पुरुष १२ जना रहेका छन्, । विहीबार मन्त्रालयले जारी गरेको विवरणमा थप १७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४५३ पुगेको जनाइएको छ । मृत्यु हुनेमा काठमाडौंकी ८२, मोरङकी ५५, सुनसरीकी ८१, भक्तपुरकी ७३ र धादिङकी ३२ वर्षकी गरी ५ जना महिला रहेका छन्, । त्यस्तै, काठमाडौका ७५,७९,८० वर्षका, झापाका ७८ , धनुषाका ६८ र ७०, रौतहटका ६५, भक्तपुरका ८४, तनहुँका ३९, कपिलवस्तुका ५०, दाङका ३९, नवलपरासीका ५५ वर्षका गरी १२ जना पुरुष रहेका छन्,

यस बिषयमा तपाइको प्रतिक्रिया...!