सेमिनारको नाममा अभिभावक र विद्यार्थीमाथि दुर्व्यवहार

Posted on: 26 Aug, 2022

भदौ १०, महोत्तरी | मेमोरी एण्ड माइण्ड पावर सेमिनारमा आमन्त्रित विद्यालयका अभिभावक र विद्यार्थीमाथि दुर्व्यवहार भएको छ । बर्दिबास युवा संजालको आयोजनामा भएको उक्त सेमिनारमा फ्लोरेन्स एकेडेमीमा अभिभावक र विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको गुनासो आएको हो ।

बर्दिबासको गौतम होटलमा भएकाे सेमिनारमा आयोजकको अनुरोधअनुसार उक्त विद्यालयका विद्यार्थी र अभिभावक बिहीबार सहभागी हुन गएको बेला दुर्व्यवहार भएको विद्यालयका प्रधानध्यापक सन्तोष बानियाले जानकारी दिए ।

अभिभावक र विद्यार्थीमाथि भएकाे दुर्व्यवहारप्रति विद्यालयले घोर भत्सर्ना गरेको बानियाले बताए । विद्यालय जस्तो संवेदनशील संस्थाप्रति भएको उक्त निन्दनीय कार्यप्रती गम्भीर आपत्ति जनाउँदै विद्यालयले उक्त कार्यक्रममा सहभागी नहुन अनुरोध गरेकाे छ ।

६ भदौदेखि संचालनरत उक्त सेमिनार शुक्रबारसम्म चल्नेछ । प्रवेश नि:शुल्कको बहानामा  हजार रुपैयाँसम्म लिएर सेमिनारमा ठगी भइरहेको प्रधानध्यापक बानियाको आरोप छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!