एन बी अन्जान द्वारा सम्पादित ग्रन्थ पूर्वप्रधानमन्त्री द्वारा विमोचन

Posted on: 27 Dec, 2019



कमल घिमिरे।पौष११।पाँचथरलेखक, साहित्यकार तथा चलचित्रकर्मी एन बी अन्जानले संकलन तथा सम्पादन गरेको राजेन्द्र परदेशी स्मृतिग्रन्थको एक कार्यक्रमका साथ विमोचन भएको छ । 


 उक्त ग्रन्थलाई पुर्वप्रधानमन्त्री झलनाथ खनालले विमोचन गर्नु भएको हो । गुमनाम हुन लागेका सशक्त कवि तथा राजनैतिक योद्दा राजेन्द्र नेम्बाङ (परदेशी) को यो ग्रन्थबाट जीवित राख्ने कार्य गरिएको सम्पादक एन बी अन्जानले बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नं.१ अर्थमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) रहनु भएको थियो । वक्ताहरुले परदेशी माथी आ आफ्नो धारणा राखेका थिए । 

 कार्यक्रम याक्थुङ लेखक संघको आयोजना, नौलो साहित्य बिहान प्रतिष्ठान र पाँचथर स्रष्टा मञ्चको समन्वयमा सम्पन्न भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!