जब आफ्नै मान्छे अरुको हात समाएको ताराले भेटेपछि...

Posted on: 10 Jan, 2018

-तारा सुनुवार


मेरो नामको गीत छोड्यो गाउन अचेल
छोड्यो नि खै यतातिर धाउन अचेल ।

ठम्याउन गारो भयो आफ्नै छाया पनि अब
ब्यस्त भएछौ अरूकै हात समाउन अचेल ।

बिर्सिएछौ हेर एउटै थालीमा गाँस टिपेको
मेरो अनुपस्थितीमा थालेछौ रमाउन अचेल ।

चेर्दुङमा दाउरा लिन जादा खाएको कसम
तिमीलाई ति दिनको याद किन आउन्न अचेल ।

धेरैसँग साईनो लाउन ब्यस्त छौ रे सुनेको छु
सिपलु पो भएछौ झुटो माया लाउन अचेल ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!