कुन देशप्रेमिको शुक्रकिटबाट जन्मिएछ एउटा 'महापागल'

Posted on: 10 Aug, 2017

Image may contain: 1 person, standing-अर्जुन निर्जन पौडेल

कुन देशप्रेमि को शुक्रकिट बाट 
जन्मिएछ एउटा महापागल
पैसा को बिछ्यौना छोडेर 
भोकै बसिरहेछ हुम्ला जुम्लाको लागि
र उ सगै भोकै बसिरहेछ्न सडक मा
थुप्रै महापागलहरुको समुह
लहराले थाक्रो खोजेझै
खोजिरहेछ बारम्बार
एउटा एउटा नया बाहना
र बसिरहेछ एउटा कुनामा अनशन
नशामा सुइ उनेर
प्रत्येक पटक 
हल्लाइरहन्छ स्वास्थ्य माफियाहरुको मुटु 
सरकार यस्लाइ तुरुन्त देशद्रोही मुद्दा लगाइयोस
मेरो अनुरोध
जनता ती हुन जो शहर मा बस्छन
खाना बढी भएर डाईटिङ गर्छन 
यो महापागल
रुकुम रोल्पा लाई पनि नेपाल देख्छ
सिटामोल किन्न नसक्ने पनि नेपाली देख्छ
र त्यस्ता दरिद्रि हरुको लागि आफ्नो ज्यान जोखिममा राख्छ
कृपया सरकार
स्वास्थ्य मा सबैको पहुच पुगोस भन्ने यो अपराधी हो
सिटामोल बोकेर कर्णाली गएर जनता भड्काउन खोज्छ
यस्लाइ तुरुन्त पागल घोषणा गर
स्वास्थ्य माफियाहरुको संरक्षण गर
सक्छन देशै निकाला गर
म पनि यस्को सपोर्ट मा छु 
मलाई पनि पागल घोषणा गर
या यो सगै मर्न दे
मेरो अनुरोध ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!