कविता- आखिर उहीँ साथीभाइको...!

Posted on: 28 Apr, 2017

-महेन्द्र केसी

खुला आकाशमा 

चम्किरहेकाे त्याे तारा

निहाल्थे म नजिकबाट 

हरपल

हरक्षण

हर घडि

सुनाैलाे माेतिझै टल्किरहने

त्याे तारा देखि

म 

आफ्ना पिरव्यथाहरू 

उसैमाथि थमाईदिन्थे

बाेलाउथ्याे माइला, माइला !

भनी 

गुन्जिन्थ्याे आवाज मेरा कानहरूमा

त्यसैले पनि

त्याे तारा मेराे लागि खास थियाे

विश्वास थियाे

साहस थियाे

त्यसैले माईल दुर भएपनि

मेरै आसपास थियाे ।

तर

आज एकाएक 

त्याे तारा हराएकाे छ ।

ग्रहणले पाे डस्याे कि !?

जाँदाजाँदै मेराे लागि

एक चिट्ठी छाेडेछ

लेखिएको थियाे चिट्ठीमा

तिम्रो साथमा बस्ने रहर थियाे तर

यहाँ

अन्धकारमा बस्न सिकेका आँखाहरूलाई

उज्यालो प्रकाशले डसेछ

त्यसैले ग्रहण बनी पटकपटक राेक्न

खाेजिरहे

अनेक याेजनाहरू बनाई रहे

धमिलाे खाेलामा माछा समात्नेहरू

संग्लाे खाेलालाई धमिलाउन प्रयत्न गरिरहे

माइला !

आखिर कलियुगन हाे

पाप गरे पुण्य मिल्छ

पुण्य गरे पाप हुन्छ

तिम्रो समाज..!

तिम्रा साथीभाइ..!

अन्धकार खाेजिरहेका छन्

जहाँ

आफ्नाे स्वार्थ पूरा हाेस्

याेजना सफल हाेस्

तर 

याे सम्भव छैन

जबसम्म मेराे दिव्य प्रकाशकाे तेज

निरन्तर परिरहन्छ

त्यसैले

कालाे कपडा ढाेकेर

कालाे छाँयाले तर्साउन खाेजिकाे छ

आखिर

शताब्दी देखि चलिरहेकाे 

स्वार्थकाे...

बइमानीकाे...

ठगिकाे...

शाेषणकाे...

नियाे गाडिराख्नुछ

लाल किल्ला बनाएर

विजयउत्सव मनाउनुछ 

त्यसैले

यहाँ 

खुनमा शंका गरिएकाे छ

जुनमा शंका गरिएकाे छ।


चिट्ठीकाे अन्तिम लाइनमा लेखिएको थियाे

आखिर

तिमी पनि उहीँ

समाजकाे

उहीँ साथीभाइकाे...!

धन्यवाद ।


महेन्द्र केसी (माइला दाइ)

पर्वत ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!