कविता-समुन्द्रकाे छाल ले हान्दा

Posted on: 26 Apr, 2017




"अामाकाे अाशिर्वाद "
यश धर्तिमा अाज
मान्छेकाे परिचय दिने
माैका दियाे अामा ।
समुन्द्रकाे छाल ले हान्दा
सहने बगर बन्नु
नदि झै निसंकाेच 
हरपल बगेर 
सबैकाे रहर बन्नु
भनी सिकायाे अामा ।
अध्याराे अाैशीले 
गाजेकाे बेला
पूर्णिमा अाउछ
भन्ने पूर्ण अशामा 
प्रतीक्षा गर्नु भनी सिकायाे अामा ।
उदेश्यमा पुग्न
चालिएकाे पाईला 
भिरमा पुग्ने पनि नराेक्नु
दुःख पिडाहरू
छातिकाे अाेखलमा कुटेर
धुलाे पिठाे पार्नुल
बाहिर नपाेख्नु भनि,सिकायाे अामा ।
अाज्ञापालक बनी 
कर्तव्यकाे बाटाे नभुलि 
अादर्शवान बन्नु 
कु कर्मकाे लागि 
कहिल्यै ....
बलेसिकाे घेरा 
नताेड्नु भनी सिकायाे अामा ।
शक्तिशाली बनी
घर,पिरवार
समाजकाे समृिदकाे लागि
अावश्यक परे
जे पनि गर्नु ,अरूकाे बिचरा
कहिल्यै नबन्नु
भनी सिकायाे अामा ।
रावणकाे सत्यनास 
गर्न पनि सक्छाै 
नारी अावाजकाे 
अभियान लिएर
एउटा ईतिहास रच्नु 
युगान्तकारी ,परिवर्तन गर्न
अघि बड्नु भनी सिकायाे अामा 

भक्तपुर, नेपाल ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!