कविता- यस्तै रैछ प्रजातन्त्र

Posted on: 18 Feb, 2017

-तारा सुनुवार

प्रजातन्त्र,गणतन्त्र हुँदै लोकतन्त्र

यहि माध्यम हो कि जनता उठ्ने मन्त्र

देशको फागि बलि चढे परिवर्तन गर्न

आतुर छन आन सबै आफ्नो स्वार्थ भर्न ।

प्रजातन्त्र आयो क कस्लाइ भोगे क कस्ले

उपभोगत गरेकै छन सक्छन ज जस्ले 

सबैको आवाज भनी गणतन्त्र अयो फेरि

पहुचवालाले राज गरेकै छन बाकि बस्ने हेरि ।

बलि चढे धेरै पटक नेपाल आमाका सन्तान

सबैलाई समान हक छ सबैले भन्छन

सता शासन धेरैपटक फेर बदल भाछन

फलिफाप उन‌ैलाई सता सधै पाछन ।

लोकतन्त्रको नाम मा गर्दै यता उता

भाग बण्डा गर्न मै भए सधै व्यस्त 

आस्वासनमै चित बुझाउनु जनताको धर्म

यस्तै रहेछ प्रजातन्त्र,गणतन्त्र,लोकतन्त्रको कर्म ।

काठमाडौं ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!