लमजुङकी पत्रकार चाँदनीको डेंगुले मृत्यु

Posted on: 02 Nov, 2022

कात्तिक १६, लमजुङ | लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको छ । प्रेस सेन्टर लमजुङकी सचिवसमेत रहेकी अधिकारीको डेंगुका कारण निधन भएको लमजुङका पत्रकार आश गुरुङले जानकारी दिए ।

२२ वर्षीय अधिकारी रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत थिइन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!