१० र ११ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ललितपुरबाट दुई जना पक्राउ

Posted on: 15 Nov, 2022

कात्तिक २९ काठमाडौँ | १० वर्षीया र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ – SajhaPana

ललितपुरको गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!