ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि

Posted on: 04 May, 2021

वैशाख २१, काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा निरौलाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रजिअ निरौलाको स्वास्थ्य अवस्था भने अहिले सामान्य नै छ । उनले आफू अहिले जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेर प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय रहेको जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!