ललितपुर प्रदेशसभा १ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी

Posted on: 22 Nov, 2022

मङ्सिर ६, ललितपुर | ललितपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्र्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ सय ५१ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका रिसा श्रेष्ठले पाँच हजार नौ सय ७३, हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले तीन हजार एक सय ६९ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका महन्त महर्जनले पाँच सय ८६, स्वतन्त्र उम्मेदवार रुपा सुवेदीले चार सय ४४, जनता समाजवादी पार्टी, नेपालका सुमन खड्काले तीन सय ५९ र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका विनोद सिलवालले एक सय ५४ र नेपालका राम शाह्रीले ५६ मत प्राप्त गर्नुभयो

यस बिषयमा तपाइको प्रतिक्रिया...!