ललितपुर–३ मा तोसिमाको अग्रता कायमै, पछ्याउँदै अमृत खड्का

Posted on: 22 Nov, 2022

मङ्सिर ६, काठमाडौं | ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीको अग्रता कायमै रहेको छ |

भर्खरै सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले ९ हजार ४०३ मत प्राप्त गरेकी छिन् भने उनको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत सहित पछ्याउँदै छन् | पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ७५० मत पाएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!