तोसिमा कार्की भन्छिन्– रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश

Posted on: 20 Nov, 2022

मङ्सिर ४, काठमाडौं | ललितपुर महानगरपालिका वडा नं १८ स्थित रत्नज्योति परिवार महिला भवनमा मतदानका लागि पुग्नु भएकी राष्ट्रिय स्वतन्त्र पार्टीबाट  उम्मेदवार डा. तोसिमा कार्कीले मतदानले देश बचाउने टिप्पणी गरेकी छिन्। उहाँले आफू परिवर्तन र विकासका लागि उम्मेदवार भएको बताउनुभएको थियो ।


ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी कार्कीले मतदानपछि सामाजिक सञ्जालबाट सो कुरा बताएकी हुन्। 

उनले ललितपुर क्षेत्र नम्बर ३ बाट मतदान गरेकी हुन्। सामाजिक सञ्जालमा मतदान गरेको तस्बिर सेयर गर्दै उनले भनेकी छिन्, ‘रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश बचाउँछ’। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!