ऊर्जामन्त्री भुसालले गर्नुभयो मतदान

Posted on: 20 Nov, 2022

मङ्सिर ४, ललितपुर | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उहाँ ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुनुहुन्छ । सो अवसरमा उहाँले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमूनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!