ललितपुर महानगर अपडेट : ४१ हजार ३ सय ८८ मत गन्दा कसले कति ल्याए ?

Posted on: 20 May, 2022

जेठ ६, ललितपुर | ललितपुर महानगरमा जारी मतगणनामा मेयर पदका लागि नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

हालसम्म ४१ हजार ३ सय ८८ मत गणना गर्दा नेपाली काँग्रेसका चिरिबाबू महर्जन २१ हजार ३ सय ११ मत ल्याएका छन् |

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार १ सय ४९ मत ल्याएका छन् । यस्तै राप्रपाका अस्ट महर्जनले १ हजार ९ सय ७० मत प्राप्त गरेका छन् । 

त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ११ हजार ९ सय ६५ मतसहित अग्रता कायम राखेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा मा‌ओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ४ सय २६ मत ल्याएका छन् भने उम्मेदवार नभएको रुख चिह्नलाई भने ५ हजार ८ सय मत परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!