बालेनले पाएनन् ललितपुर महानगरमा प्रतिनिधि बस्न

Posted on: 18 May, 2022

जेठ ४, ललितपुर | ललितपुर महानगरपालिका वडा नम्बर १० बाट स्वतन्त्ररुपमा वडाअध्यक्ष बनेका नरसिंह व्यन्जनकारको गणना प्रतिनिधि बस्न पुगेका काठमाडौं मेयरका उमेदवार बालेन साहलाई अर्को नगरको व्यक्ति प्रतिनिधि बन्न नपाइने भनेपछि फर्किएका छन् । उनी केहीबेरअघि ललितपुर पुगेका थिए ।


सेवाकालीन प्रशिक्षण भवन जावलाखेल पुगेका बालेनलाई प्रतिनिधि बस्न सोही नगरको व्यक्ति चाहिने भनेपछि फिर्ता भएका हुन् । उनी प्रतिनिधि बस्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट परिचयपत्र बनाएर पुगेका थिए । व्यञ्जनकार पुतली चुनाव चिह्न लिएर प्रतिष्पर्धामा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!