धर्मराज पोखरेलको ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ सार्वजनिक (भिडियोसहित)

Posted on: 23 Mar, 2019

चिसाङ शेर्पा । चैत्र ९, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक धर्मराज पोखरेलको बहुप्रतिक्षित लोकगीत ‘बरु मर्ने बाटो रोज्दै जानेछु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । धर्मराज पोखरेल प्रोडक्सन मार्फत शुक्रबार म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

नवराज दाहालको लय शब्द तथा लोक गायक पोखरेल र निसा कार्कीको स्वरबद्ध म्युजिक भिडियोमा कलाकार विनोद बम, सरिका केसी तथा बाल कलाकार एलिना श्रेष्ठ र साकार श्रेष्ठले अभिनय गरेका छन् । म्युजिक भिडियोमा बिशेषगरी माया र पिरतीमा तड्पिनु पर्ने समस्यालाई देखाइएको छ ।

करीव १० मिनेट लामो म्युजिक भिडियोलाई लोक गायक पोखरेलले निर्देशन गरेका हुन् भने, भिडियोलाई खेम थापा मगरले खिचेका हुन् । हालसम्म लोक गायक पोखरेलको २ दर्जन लोकगीत बजारमा आईसकेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!