विद्यालयमा सेञ्चुरीको वित्तीय साक्षरता कार्यक्रम

Posted on: 03 Apr, 2022

चैत्र २०, खोटाङ | सेञ्चुरी कमर्सियल बैंक शाखा हलेसीले सरस्वती मावि अर्खौलेमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

वित्तीय साक्षरता र सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत बैंकले शनिबार सरस्वती माविका अभिभावक र विद्यार्थीलाई सहभागी गराएर एकदिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीलाई सेञ्चुरी कमर्सियल बैंक शाखा हलेसीका प्रमुख प्रभुराम थापाले बचतदेखि शेयर लगानीसम्मका वित्तीय शिक्षाका बारेमा जानकारी दिएका छन् । 

प्रमुख थापाले वित्तीय साक्षरताको महत्त्व, बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह, बचतको धारणा र महत्त्व, शेयर बजार सम्बन्धी जानकारी दिएका छन् । यस्तै, सेञ्चुरी कमर्सियल बैंकले प्रदान गर्ने सेवा तथा हालसालै सञ्चालनमा ल्याइएको नयाँ निक्षेप खाताका बारेमा पनि सहभागीलाई जानकारी दिइएको छ । 

कार्यक्रममा सेञ्चुरी कमर्सियल बैंकले सरस्वती माविलाई भित्तामा झुण्ड्याउन मिल्ने एक थान नेपालको नक्सा प्रदान गरेको छ ।

यस्तै, सामाजिक उत्तर दायित्व अन्तरगत बैंकले सरस्वती माविमा कक्षा १ देखि कक्षा १० मा अध्ययनरत गरिब तथा जेहेन्दार ३० छात्र/छात्रालाई कापी र कलम प्रदान गरेको सरस्वती माविका प्रअ नविन चाम्लिङले जानकारी दिए ।

कार्यक्रम विव्यासका ज्येष्ठ सदस्य केशव श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!