काभ्रेपलाञ्चोकमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 17 Oct, 2022

असोज ३१, काठमाडौँ | काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरेपाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् । 

कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!