काभ्रे-२ मा गोकुल बाँस्कोटाले घटाए मतान्तर

Posted on: 23 Nov, 2022

मङ्सिर ७, काठमाडौँ । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले मतान्तर घटाउँदै १०८ मा झारेका छन्।


पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १२ हजार ४९३ मत ल्याउँदा बाँस्कोटाले १२ हजार ४८५ मत प्राप्त गरेका छन्। 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ४ हजार ६ सय ९५ मतसहित तेस्रो स्थानमा छन्। 

काभ्रे-२ मा सुरआतीदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!