मनस्पटलमा असंख्य ती यादहरु नघुमेको कहाँ छ र?

Posted on: 08 Jun, 2018

नरोपेको बिरुवा फलेको कहाँ छ र?

नदेखेको सपना पूरा भएको कहाँ छ र?


समाजले गरेका ती नमिठा गल्तीहरु,

विवाशताले इलेजर बनी नमेटेको कहाँ छ र?


जीवन यात्रामा भएका यात्री साथहरु

बध्यताको भुमरीमा परि नछुटेको कहाँ छ र?


संगै हुँदा हिडेका ती स्कुल कलेज र सडकहरु देख्दा 

मनस्पटलमा असंख्य ती यादहरु नघुमेको कहाँ छ र?

-कविता तामाङ

-

यस बिषयमा तपाइको प्रतिक्रिया...!