'सन्जु' को टेलर सार्वजनिक

Posted on: 30 May, 2018

जेठ १६, काठमाडौँ | बलिउड अभिनेता संजय दत्तको बायोपिक चलचित्र 'संजु' को टेलर सार्वजनिक भएको छ । अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको उक्त चलचित्रको टेलरमा संजय दत्तको जीवनीलाई प्रस्तुत गरिएको छ । 
चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपूरले निर्वाह गरेका छन् । राजकुमार हिरानीको निर्देशनमा बनेको चलचित्रको टेलरमा सञ्जयको विवादित कुराहरूलाई पनि समावेश गराइएको छ । टेलरमा सञ्जय दत्तको सुरुवाती दिन देखिको उतार चढावलाई देखाइएको छ । 
जुन २९ मा रिलिज हुन लागेको चलचित्रमा रणबीरको अलावा दिया मिर्जा, सोनम मपुर, मनीषा कोइराला लगायतका कलाकारको अभिनय रहेको छ । 

  

यस बिषयमा तपाइको प्रतिक्रिया...!