'बोबी' फिल्मको पहिलो गीत सार्वजनिक

Posted on: 30 May, 2018


जेठ १३, काठमाडौँ |"बोबी" फिल्मको पहिलो गीत सार्वजनिक भएको छ | 'आँखाको नानी' बोलको उक्त गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ | उक्त गितमा राजेश पायल राई र  दीपा लामाको आवाज सुन्न सकिन्छ |

उक्त फिल्ममा उमेश थापा तथा कविता गुरूङको मुख्य भूमिका रहेको छ | फिल्ममा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको उक्त फिल्ममा  संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । असार २९ लाई रिलिज मिति तय गरेको उक्त फिल्मको छाँयाकंन नर्वेमा गरिएको हो |



यस बिषयमा तपाइको प्रतिक्रिया...!