भोकमरीको सूचकांकमा नेपाल ८१ औँ, भारत १०७ औँ स्थानमा, कुन मुलुकको अवस्था कस्तो छ ?

Posted on: 29 Jan, 2023

माघ १५, काठमाडौँ | ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई) ले सार्वजनिक गरेको विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल ८१औँ स्थानमा रहेको छ । कुल १२१ देशहरुमा गरिएको सर्वेक्षणअनुसार नेपाल उक्त स्थानमा देखिएको हो ।

सूचांकअनुसार नेपाल भोकमरीको अवस्थामा क्रमिक रूपमा सुधार हुँदै गएको छ ।


हाल नेपालको ग्लोबल हंगर सूचकांक स्कोर १९.१ रहेको छ । जुन स्कोरले नेपालमा मध्यम स्तरको भोकमरी रहेको जनाउँछ । सर्वेक्षणअनुसार सन् २००० मा नेपालमा भोममरीको अवस्था गम्भीर थियो । सन् २००७ देखि १४ सम्ममा नेपालमा भोममरीको अवस्था गम्भिर देखिएपनि सुधारन्मुख रहेको थियो ।

दक्षिण एशियाली मूलुकमध्ये नेपालको अवस्था भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानभन्दा राम्रो देखिएको छ । श्रीलंका भने नेपालभन्दा राम्रो देखिएको छ । श्रीलंका १३.६ स्कोर सहित ६४औँ स्थानमा रहेको छ ।

यस्तै भारत २९.१ अंक सहित १०७औँ स्थानमा रहेको छ ।  पाकिस्तान २६.१ अंक सहित ९९औँ स्थानमा र अफगानिस्तान २९.९ अंक सहित ११९औँ स्थानमा रहेको छ ।

ग्लोबल हंगर इन्डेक्स विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको व्यापक मापन र ट्र्याकिङ हो। यो कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदर समावेश गरी चार सूचकहरूद्वारा मापन गरिन्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!